आज छुट्टीको दिन कतै यात्रा गर्दै हुनुहुन्छ ? जान्नुहोस आज दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रको आकाश अहिले बिहान आंशिक बदली रहेको छ ।

देशभर आंशिकदेखि साधारणतया बदली रहँदा आज बिहान कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

कोसी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपासमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *