आज चन्द्रागिरि आउँदै कथा वाचिका देवी चन्द्रकला सखी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-९ मच्छेगाँउस्थित मत्स्यनारायण मन्दिर क्षेत्रमा जारी श्रीमद् भागवत महापुराणमा कथावाचिका देवी चन्द्रकला सखी सहभागी हुने भएकी छन् ।
आज सोमबार श्रीमद् भागवतका क्रममा कथावाचिका सखीको सम्मान गर्न लागिएको मत्स्यनारायण धार्मिक समाज समिति अध्यक्ष अजय श्रेष्ठले जानकारी दिनुभयो ।
चन्द्रकला सखी नेपालकी नेपालकी पहिलो महिला रामचरितमानस र भक्तमाल कथा वाचिकाका रुपमा चिनिन्छिन् ।
उनी लण्डनमा बस्दै आएकी छन् ।
भदाै ६ गतेबाट सुरु भएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान यज्ञ भदाै १२ गतेसम्म जारी रहनेछ ।
फाइल फोटोः सामाजिक सञ्जाल












