आज कति छ सुनचाँदीको मूल्य ?
थानकोट ।
कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार तोलामा १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार १ सय रुपैयाँ घटेर १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य पनि सामान्य घटेर १ हजार ८ सय ४० रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ५० रुपैयाँ कायम भएको थियो ।














