धादिङमा लागुऔषध कारोबार गरिरहेका चन्द्रागिरिका एकसहित दुई जना युवा समातिए

Thankot Times

थानकोट ।

धादिङको थाक्रे गाउँपालिका-८, कृष्ण मन्दिरस्थितबाट २ जना युवा पक्राउ परेका छन् । 

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार मोटरसाईकलमा सवार धादिङ धुनिवेशी नगरपालिका बस्ने एक र चन्द्रागिरि नगरपालिकाका बस्ने अर्का युवा पक्राउ परेका हुन् ।

लागुऔषध ओसार प्रसार गरेको भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट ५६५ क्याप्सुल ट्रमाडोल फेला परेको थियो ।

उनीहरू दुवै जनालाई लागुऔषध औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *