आज दिउँसो भारी वर्षाकाे सम्भावना

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा राति भारी वर्षा भएको छ ।

देशभर आंशिकदेखि साधारणतया बदली हुँदा आज बिहान कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विवभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *