चन्द्रागिरिका कलाकार र निर्माता भएको चलचित्र ‘हामी तीन भाइ’ को पोस्टर सार्वजनिक
थानकोट ।
नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक गरिएको छ ।
प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा साजित महतको प्रस्तुतिमा तयार भएको चलचित्र ‘हामी तीन भाई’को कथा/निर्देशन मधुसुदन भट्टराईले गरेका हुन् ।
त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठले निर्माता रहेको चलिचित्रको कार्यकारी निर्मातामा विक्रम तामाङ रहेका छन् ।
पटकथा/सम्वाद शिवम अधिकारीको रहेको चलचित्रको छायांकन शिव ढकालले गरेका हुन् ।
चलचित्रमा संगीत साप शक्ति र बाबुल गिरीले दिएका छन् । नृत्य निर्देशन कविराज गहतराजको रहेको छ भने द्वन्द निर्देशन देव महर्जनले गरेका छन् ।
समग्रमा ‘हामी तीन भाई’ विशुद्ध पारिवारिक र नेपाली दाजुभाई दिदी बहिनीहरु सबैले एक पटक हेर्नै पर्ने चलचित्र बनेको छ, चाँडै नै रिलिज मिति सार्वजनिक गर्ने तयारी रहेको निर्माता त्रिरत्न श्रेष्ठको भनाइ छ ।
चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आस्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, सुस्मा निरौला, विष्णु सापकोटा(हर्के हवल्दार) लगायतको मुख्य अभिनय रहेको छ ।













