आज सुनचाँदीको मूल्य कति पुग्यो ?
थानकोट ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
बुधबार सुन तोलामा ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
अघिल्लो कारोबार दिन मंगलबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














