तेस्रो लोकप्रिय मतसहित रमा आलेमगर एकीकृत समाजवादीको पोलिट ब्युरो सदस्यमा निर्वाचित
थानकोट ।
नेकपा एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिट ब्यूरो चयन भएको छ ।
गएराति सम्पन्न मतगणनामा समाजवादीको ८४ सदस्यीय पोलिट ब्यूरो चयन भएको हो ।
नयाँ सदस्यमा सुदेश पराजुलीले सबैभन्दा धेरै मत पाएका छन् ।
उनले १५४ मत पाएका छन् ।
समग्रमा भने विरोध खतिवडाले सबैभन्दा धेरै मत पाएका छन् । उनले २०१ मत पाएका छन् ।
यस्तै जीवनराम श्रेष्ठले १९५ मत प्राप्त गरेका छन् ।
बागमती प्रदेश सभा सदस्य समेत रहेकी रमा आलेमगरले १९४ मत पाउँदै पोलिट ब्यूरो सदस्यमा निर्वाचित भएकी छन् ।
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पदाधिकारीमा हारे पनि पोलिटब्युरो सदस्यमा भने विजयी भएकी छिन् । आज सार्वजनिक मतपरिणाम अनुसार उनले १८२ मतका साथ चौथो स्थानमा रहेर पोलिटब्युरोमा विजयी भएकी हुन् ।













