चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
थानकोट ।
सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् ।
निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।













