सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

Thankot Times

थानकोट ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बिहीबार सुनको मुल्य १ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ८ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *