पेट्रोलको भाउ लिटरमा दुई रुपैयाँ घट्यो
थानकोट ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि लागु हुने गरी मूल्य घटाइएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ ।
डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जानकारी गराएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।















