सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
थानकोट ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
सोमबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि अघिल्लो कारोबार दिन आइतबार सुन प्रति तोला १ लाख ५२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १ हजार ७ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।














