सुनकाे मूल्य हालसम्मकै उच्च

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन एक हजार ७ सय रुपैयाँले बढेर एक लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो हासम्मकै उच्च मूल्य हो ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि भदौ ३१ गतेको कीर्तिमान ताेड्दै गर्दै नयाँ कीर्तिमान बनाएको हो ।

सो दिन एक लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *