तेस्राे मातातिर्थ गाेल्डकप फुटबल प्रतियोगितामा आजबाट, पहिलो दिन एक खेल हुने

Thankot Times

थानकोट ।

तेस्राे मातातिर्थ गाेल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ६ मातातिर्थ बालागाउँस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न १८ टाेलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको पहिलो खेल भुँईखेल र विजयपुर युथ क्लबबीच दिउँसो २ बजे हुने तालिका रहेको आयोजक मातातिर्थ संरक्षण तथा विकास संस्थाले जनाएको छ ।

प्रतियोगिताको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ लगायतको उपस्थितिमा उद्घाटन गर्ने तालिका कार्यक्रम छ ।

प्रतियोगितामा साबिक विजेता कुर्दान फुटबल एकेडेमी, सिद्धीकाली युथ क्लब, प्लेयर्स फुटसल, विजयपुर युथ क्लब, फारभीजन युथ क्लब, द हिलिङ हाेम एफसी, समतामूलक युवा क्लबले सहभागिता जनाउनेछन्। यसैगरी वल्जी फुटबल क्लब, लाेरेन युवा क्लब, वीआर ब्रदर्श, गणेशमान स्मृति फुटसल क्लब, मिलन युथ क्लब, पहिलो संस्करणको विजेता किसिपिडी युवा क्लब, भुँईखेल युवा क्लब, एभरेस्ट युवा क्लब, ल्याक्टाे लक्ष्य क्लब, आकाशटाेल वाणस्थली युवा क्लब र ब्लु-बेल फुटबल क्लबले पनि प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगिताको विजेताले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने मातातिर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिनुभयो ।

दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ठ टोलीले २० हजार प्रोत्साहन रकम पाउनेछ ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नक्सालस्थित स्टार ११ को चुनाैती ४-० ले पन्छाउँदै तीनथानाको कुर्दन फुटबल एकेडेमीले जितेको थियो ।

प्रतियोगिताको पहिलो संस्करण किसिपिडी युथ क्लबले जितेको थियो ।

चन्द्रागिरि नगरपालिका लगायतका विभिन्न संघसंस्था एवं व्यक्तिहरुको सहयाेेगमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गतका खेलहरु चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँमा खेलाइने छ ।

प्रतियोगिताको फाइनल खेल असोज १७ गते खेलाउने तालिका रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ