मातातिर्थ गोल्डकपको तेस्रो संस्करण सुरु, भुँईखेल फुटबल क्लब दोश्रो चरणमा प्रवेश

Thankot Times

थानकोट ।

मातातिर्थ गोल्डकपको तेस्रो संस्करण सोमबारबाट सुरु भएको छ ।

चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विजयपुर यूथ क्लबको चुनाैती भुँईखेल फुटबल क्लबले १-० ले पन्छायो ।

पहिलो हाफको चाैथाे मिनेटमा सनिम लामाले गरेको गोल नै भुँईखेलका लागि अघिल्लो चरण प्रवेशका लागि पर्याप्त रह्यो । अमित तामाङ खेलको म्यान अफ द म्याच चुनिए ।

भुँईखेल फुटबल क्लबले दोश्रो चरणमा क्लिन भिजन युवा क्लब र ब्लु बेलबीचको खेलको विजेतासँग असोज १२ गते प्रतिस्पर्धा गर्नेछ ।

यसअघि चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले प्रतियोगिताको उद्घाटन गरेका थिए । सो क्रममा चन्द्रागिरि नगरका विभिन्न वडाका जनप्रतिनिधिहरू, स्थानीय संघसंस्थाका प्रतिनिधिहरू एवं लब्ध प्रतिष्ठित व्यक्तिहरू लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतियोगिता अन्तर्गत मंगलबार २ वटा खेल हुनेछन् ।

पुल बी मा रहेका वी आर ब्रदर्श र बाल्जी युथ क्लब दिनको १ बजे आमुने सामुने हुँदा सोही पुलमा रहेका मिलान युथ क्लब र डिफेन्डिङ च्याम्पियन कुर्दान फुटबल एकेडेमी दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

प्रतियोगितामा साबिक विजेता कुर्दान फुटबल एकेडेमी, सिद्धीकाली युथ क्लब, प्लेयर्स फुटसल, विजयपुर युथ क्लब, फारभीजन युथ क्लब, द हिलिङ हाेम एफसी, समतामूलक युवा क्लबले सहभागिता जनाउनेछन्। यसैगरी वल्जी फुटबल क्लब, लाेरेन युवा क्लब, वीआर ब्रदर्श, गणेशमान स्मृति फुटसल क्लब, मिलन युथ क्लब, पहिलो संस्करणको विजेता किसिपिडी युवा क्लब, भुँईखेल युवा क्लब, एभरेस्ट युवा क्लब, ल्याक्टाे लक्ष्य क्लब, आकाशटाेल वाणस्थली युवा क्लब र ब्लु-बेल फुटबल क्लबले पनि प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगिताको विजेताले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ठ टोलीले २० हजार प्रोत्साहन रकम पाउनेछ ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजना भएको प्रतियोगिता असोज १७ गते सकिने छ।

दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नक्सालस्थित स्टार ११ को चुनाैती ४-० ले पन्छाउँदै तीनथानाको कुर्दन फुटबल एकेडेमीले जितेको थियो ।

प्रतियोगिताको पहिलो संस्करण किसिपिडी युथ क्लबले जितेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *