तेस्रो मातातिर्थ गोल्डकपः डिफेन्डिङ च्याम्पियन कुर्दान पहिलो खेलमै सडेन डेथको शिकार

Thankot Times

थानकोट ।

डिफेन्डिङ च्याम्पियन कुर्दान फुटबल क्लब चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँमा जारी तेस्रो मातातिर्थ गोल्डकपको पहिलो खेलमै पराजित भएको छ ।

मंगलबार सम्पन्न पुल बी को दोश्रो खेलमा कुर्दान मिलन युथ क्लबसँग पेनाल्टी सूटआउटमा स्तब्ध बनेको हो । निर्धारित ७० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल नभएपछि सडेन डेथमा धकेलिएको खेलमा मिलनले ५-४ ले बाजी मार्दा कुर्दानको तेस्रो मातातिर्थ गोल्डकप यात्रा पहिलो चरणमै सीमित भएको हो । जितसँगै मिलन प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेको छ ।

सो अघि सम्पन्न दिनको पहिलो खेलमा वीआर ब्रदर्श र बाल्जी युथ क्लब बीचको खेलमा ब्रदर्श विजयी हुँदै अघिल्लो चरणमा स्थान सुरक्षित गर्न सफल रह्यो । बाल्जी माथि वीआर ब्रदर्शले ३-० को सहज जित दर्ता गर्यो । 

प्रतियोगिता अन्तर्गत बुधबार तीन वटा खेल हुने तालिका रहेको छ । 

जसअनुसार दिनको पहिलो खेलमा बिहान ११ बजे पुल बी मा रहेको प्लेयर्स युथ क्लबले एभरेष्ट युथ क्लबको सामना गर्नेछ ।

दिउँसो १ बजे हुने दिनको दोश्रो खेलमा पुल बी मै रहेका ल्याक्टो युथ क्लब र फार भीजन युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अपरान्ह ३ बजे हुने दिनको तेस्रो तथा अन्तिम खेलमा पुल ए मा रहेका लोरने युथ क्लब र किसिपिडी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको विजेताले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ठ टोलीले २० हजार प्रोत्साहन रकम पाउनेछ ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजना भएको प्रतियोगिता असोज १७ गते सकिने छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *