चन्द्रागिरिमा असोज १९ गते हुने चंगा चैट प्रतियोगितामा भाग लिने कि ? विजेतालाई २५ हजार पुरस्कार

Thankot Times

थानकोट ।

बडा दशैंका अवसरमा चन्द्रागिरि नगरपालिकामा चंगा उडाउने प्रतियोगिता हुने भएको छ ।

चन्द्रागिरि एकीकृत समाजको आयोजनामा हुने सो प्रतियोगिता असोज १९ गते शनिबार चन्द्रागिरि नगरपालिका ०२ बाँडभञ्ज्याङस्थित चण्डीकादेवी मन्दिर क्षेत्रमा सञ्चालन हुने छ ।

तेस्रो पटक हुन लागेको सो चंगा चैट प्रतियोगिताका विजेताले २५ हजार पुरस्कार पाउने बताइएको छ ।

यसैगरी दोश्रो हुनेले १२ हजार तथा तेस्रो हुनेले ७ हजार रूपैयाँ पुरस्कार पाउने आयोजक चन्द्रागिरि एकीकृत समाजले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले असोज १७ गतेभित्र नाम दर्ता गर्नु पर्ने बताइएको छ ।

गतवर्ष सम्पन्न दोस्रो चन्द्रागिरि खुल्ला चङ्गा चैट प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँका राजिव आचार्यले जितेका थिए ।

दोस्रो चन्द्रागिरि खुला चङ्गा चैट प्रतियोगितामा राजिव आचार्य पहिलो, उत्तम कार्की दोश्रो


Leave a Reply

Your email address will not be published. Required fields are marked *