आयल निगमको थानकोट डिपो लाकुरी भञ्ज्याङ र रानीकोट सार्न प्रस्ताव !

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले त्रिभुवन विमानस्थल निगम डिपो र थानकोट डिपो सार्ने तथा पेट्रोलमा इथानोल मिसाउने प्रस्ताव गरेको छ ।

निगमले तीन विषेश प्रस्ताव बोर्डमा प्रस्ताव लगेको हो ।

निगम स्रोतका अनुसार कार्यकारी निर्देशक चण्डिका भट्टले निगमको वार्षिक बजेटमा थानकोट डिपो सार्ने प्रस्ताव लेखेर लगेका छन् ।

थानकोटको डिपो सार्न लाकुरी भञ्ज्याङ र रानीकोट जग्गा हेर्न कार्यकारी निर्देशक चण्डिका भट्ट र उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारी फिल्डमा पुगेको बताइएको छ ।

आयल निगमको थानकोट डिपो सार्न प्रधानमन्त्री ओलीको निर्देशन

स्रोतका अनुसार, ‘त्रिभुवन विमानस्थलमा रहेको निगम डिपो र थानकोट डिपो सार्न बजेट नै राखेर बजेट पेश गर्नु भएको छ, विमानस्थल डिपो सार्न सरकारी जग्गामै सार्ने भनिएपनि थानकोट डिपो भने व्यक्तिगत (निजी) जग्गामै सार्नेगरी प्रस्ताव पेश गरेका छन् ।’ सिंहदरबारमा खबर छ ।

पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्री वितरण गर्न थानकोट डिपो २०५८ सालमा स्थापना गरिएको थियो। निगमले यहाँबाट काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका १० जिल्लाका एक सय ८० भन्दा बढी पेट्रोल पम्पमा इन्धन बिक्री, वितरण गर्दै आएको छ। चन्द्रागिरि नगरपालिका-०३ मा यो डिपो एक सय रोपनी क्षेत्रफलमा फैलिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *