सुनको भाउ उकालो लाग्ने क्रम जारी, १ तोला सुनको मूल्य १ लाख ६० हजार ४ सय रूपैयाँ

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाउने क्रम जारी छ ।

नेपालमा बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार एक लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला ४० रुपैयाँ बढेर एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *