तेस्रो मातातिर्थ गोल्डकपः फार भिजन क्लब, एभरेष्ट र किसिपिडी दोश्रो चरणमा

Thankot Times

थानकोट ।

तेस्रो गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा एभरेष्ट युवा क्लब र किसिपिडी युवा क्लबले विजयी सुरुवात गरेका छन् ।

दिनको पहिलो खेलमा एभरेष्ट युवा क्लब बालागाउँले प्लेयर्स युथ क्लबमाथि ८-० गोलको सहज जित हात पार्यो । सो क्रममा एभरेष्टका उज्वल राईले ५ गोल गरे ।

दोश्रो खेल फार भिजन क्लब र ल्याक्टो युवा क्लबबीच हुने तालिका रहेपछि ल्याक्टो अनुपस्थित भएपछि फार भिजन स्वतः विजयी घोषित भयो ।

दिनको तेस्रो तथा अन्तिम खेलमा लोरेन क्लबमाथि सडेन डेथमा ५-३ को अन्तरको नतिजा निकाल्दै किसिपिडी दोश्रो चरणमा प्रवेश गर्यो ।

प्रतियोगिता अन्तर्गत बिहीबार क्लीन भिजन युथ क्लब र ब्लु बेलबीच दिउँसो १ बजे खेल हुने तालिका छ ।

यसैगरी दिउँसो ३ बजे गणेशमान स्मृतिले समता मुलक युथ क्लबको सामना गर्ने तालिका रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ठ टोलीले २० हजार प्रोत्साहन रकम पाउनेछ ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजना भएको प्रतियोगिता असोज १७ गते सकिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *