चन्द्रागिरि टी-१० क्रिकेट च्याम्पियनसीप: आज बिहीबार पाँच वटा खेल हुने
थानकोट ।
चन्द्रागिरि टी-१० क्रिकेट च्याम्पियनसीप अन्तर्गत आज बिहीबार पाँच वटा खेल हुने तालिका रहेको छ ।
चन्द्रागिरि नगरपालिका-०६ गुमालचोकीस्थित मदन भण्डारी खेलमैदनमा सञ्चालन हुने दिनको पहिलो खेल बिहान ७ बजे सुरु हुने तालिका छ ।
जसमा मैत्री नगर क्रिकेट क्लब र सुदुर पश्चिमबीच खेल हुनेछ ।
यसै गरी दोश्रो खेलमा काठमाडाैं वारियर्स र दहचोक-१ बीच बिहान ९ बजे खेल हुने तालिका रहेको छ ।
तेस्रो खेलमा थानकोट क्लबले उडान सिकाइ केन्द्रको बिहान ११ बजे सामना गर्ने तालिका रहेको छ । दिनको तेस्रो खेलमा हाम्रो क्रिकेट विरुद्ध स्टम्प जम्पर्स दिउँसो १ बजे आमुने सामुने हुँदा दिनको अन्तिम खेलमा अपरान्ह ३ बजे मैत्रीनगर क्रिकेट क्लब र नैकाप किङ्ग्सबीच खेल हुनेछ ।
बुधबारबाट सुरु भएको चार दिने प्रतियोगितामा सुदुरपश्चिम क्रिकेट टिम, हाम्रो क्रिकेट टिम, काठमाडाैं वारियर्स, दहचोक क्रिकेट टिम, नैकाप किङ्गस्, स्टम्प जम्पर्स, रोयल रेन्जर्स, थानकोट वारियर्स, मैत्रीनगर क्रकेट क्लब, पुष्पलाल स्पोर्ट्स क्लब, थानकोट क्लब र उडान शैक्षिक केन्द्रबीच प्रतिस्पर्धा भइरहेको छ ।
लिगकम नकआउट फर्म्याटमा खेलाइने प्रतियोगिताको हरेक समुहमा रहेका ४ समुह मध्ये शीर्षस्थानमा रहने टोलीले सेमीफाइनलमा स्थान बनाउनेछन् ।
फाइनल खेलको विजेताले ४० हजार रूपैयाँ, उपविजेताले २० हजार रूपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था चन्द्रागिरि क्रिकेट एशोसियसनका अध्यक्ष प्रजिवन प्रधानले जानकारी दिए ।
फाइनल खेल असोज १२ गते खेलाइने तालिका छ ।
यसैगरी हरेक खेलका म्यान अफ दि म्याचले ट्रफी पाउनेछन भने प्रतियोगिताको उत्कृष्ठ खेलाडी, ब्याट्सम्यान, बलरले ट्रफी पाउँदा फेयर प्ले र इमर्जिङ प्लेयरले समेत ट्रफी पाउनेछन् । प्रतियोगिताका लागि करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिताको फाइनल खेल भने २० ओभरको खेलाइने छ ।
यसअघि बुधबार प्रतियोगिताको बागमती प्रदेश सभा सदस्य त्रय रमा आलेमगर, यमुनादेवी श्रेष्ठ र विन्दु श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।
पहिलो दिनको खेलमा हाम्रो क्रिकेट क्लब, दहचोक-१, रोयल रेन्जर्स, सुदुरपश्चिम क्रिकेट क्लब र पुष्पलाल क्रिकेट क्लबले विजयी भएका छन् ।












