तेस्रो मातातिर्थ गोल्डकपः आज समुह चरणका अन्तिम दुई खेल हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँमा जारी तेस्रो मातातिर्थ गोल्डकपको चाैथो दिन आज बिहीबार समुह चरणका अन्तिम दुई खेल हुने तालिका रहेको छ ।
जसअनुसार दिनको पहिलो खेलमा क्लीन भिजन युथ क्लब र ब्लु बेलबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुने तालिका छ ।
यसैगरी दिउँसो ३ बजे गणेशमान स्मृतिले समता मुलक युथ क्लबको सामना गर्ने तालिका रहेको छ ।
यसअघि बुधबारका खेलहरूमा विजयी हुँदै फार भिजन क्लब, एभरेष्ट र किसिपिडी दोश्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको विजेताले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
यस्तै तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ठ टोलीले २० हजार प्रोत्साहन रकम पाउनेछ ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजना भएको प्रतियोगिता असोज १७ गते सकिने छ।












