सुनको मूल्य अहिलेसम्मकै उच्च

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्यमा लगातार वृद्धि भएको छ । 

आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार सात सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यस अघि बुधबार सुनको मूल्य एक लाख ६० हजार चार सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज चाँदीको मुल्य १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *