दुर्गा प्रसाईं पक्राउ परेपछि बैंकहरू डुब्ने चर्चा, थानकोट क्षेत्रको घरजग्गा कारोबार समेत संकटमा !

Thankot Times

थानकोट ।

अहिले बैंक तथा वित्तिय संस्थाहरूले जति पनि कर्जा प्रवाह गरेका छन् ती सबै घरजग्गा, गाडी र सेयरमा पाइन्छ ।

पछिल्ला दिनयता बजारमा एउटा कुराको खुब चर्चा छ ।

टिकाथली, नरेफाँट, जडीबुटी, लोकन्थली, मूलपानी, काँडाघारी, पेप्सीकोला, जोरपाटी, बौद्ध, नयाँबस्ती, गौरीघाट, एयरपोर्ट, सिनामंगल, गौरीगाउँ, शान्तिनगर, तीनकुने, कोटेश्वर र थानकोट आसपासको घरजग्गा किन्नुहुन्न भनेर बहस शुरु भएको छ ।

किनकी गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै प्लेन दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए । यसअघि पनि एयरपोर्टमा पटकपटक विमान दुर्घटना भइसकेको छ । त्यसैले, यो क्षेत्रमा एयरपोर्ट उड्नु भएकाले जोखिम बढेकाले एयरपोर्ट वा बस्ती सार्न समेत आवाज उठिसक्यो ।

यता, थानकोटमा हवाई इन्धन, पेट्रोल, डिजेलको ठुलो भण्डारण केन्द्र (डिपो) छ ।

यसले पनि जोखिम निम्त्याउने हुँदा यो क्षेत्रको घरजग्गा किन्नुहुँदैन भनेर भन्न थालिसकिएको छ । यता, सिंहदरबारपछाडि कालिस्थान, घट्टेकुलो, अनामनगर, हनुमानस्थान, बिजलुीबजार र सिडियो कार्यालय पछाडिको जग्गा पनि सरकारी हो भनेर बहस चलिसकेको छ । यो ठाउँको जग्गा २०४६ सालअघि सरकारको थियो ।

त्यतिबेलाका तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सिंहदरबारपछाडि बाटो खोलिदिने बित्तिकै यो ठाउँको सरकारी जग्गा व्यक्तिको नाममा गएको हो ।

यसमा नेतादेखि दलाली, कर्मचारी समेतको हात रहेको पाइन्छ । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी, खोला किनार वरपर घर बनाउँदा अनिवार्य ४० मिटर छोड्नुपर्ने आदेश दिइसकेको छ ।

यो सँगै नदी, खोला आसपासका अधिकांश घर भत्काउनुपर्ने अवस्था निम्तन सक्दछ, यद्यपी सो विषयमा अदालतमा विचाराधीन छ । त्यसमाथि त्यस्ता घरमा बैंकको धेरै लगानी रहेको छ । जसले बैंक डुब्ने संकेत देखिएको छ ।

०६९ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनले बालुवाटार र थानकोट, महादेवस्थान, सतुङ्गल, मातातीर्थ, इचंगु लगायतका स्थानमा सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिएका थिए । जुन जग्गा जुनसुकै बेला सरकारले निर्णय गरेरै फिर्ता लिन सक्ने शंका, उपशंका गरिन थालेको वर्षाैं भइसकेको छ । ती जग्गा तथा त्यहाँ बनेका घर तथा भाैतिक संरचनामा बैंकले लगानी गरेका छन् । यसैले पनि सो लगानी जोखिममा छ ।

बैंक तथा वित्तिय संस्थाको योगदान देशको अर्थतन्त्रमा ठुलो छ । तर, यिनीहरुले नै होस नपुर्याउँदा तथा छोटो समयमा ठूलो प्रतिफलका लागि जथाभावी निर्णय गर्दा समस्या निम्तिएको छ ।

अहिले बैंक तथा वित्तिय संस्थामा रकम बचत गरेका सर्वसाधारण त्रसित छन् । किनकी बैंक डुब्नासाथ बचतकर्ताको खर्बौ रकम पनि संकटमा पर्ने निश्चित छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *