लगातार बढ्दै सुनको भाउ, एक तोला सुन किन्न आज एक लाख ६१ हजार रूपैयाँ खर्चनुपर्ने
थानकोट ।
नेपाली बजारमा सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ ।
आज शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।
यसअघि बिहीबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आज चाँदीको मुल्य १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














