तेस्रो मातातिर्थ गोल्डकप अन्तर्गत आजका लागि तय भएका दुवै खेल स्थगित

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँमा जारी तेस्रो मातातिर्थ गोल्डकप अन्तर्गत शुक्रबारका लागि तय भएका दुवै खेल स्थगित गरिएका छन् ।

लगातार वर्षाभएपछि शुक्रबारका लागि तय भएका दोश्रो चरणका दुवै खेल स्थगित गरिएको प्रतियोगिता आयोजक मातातिर्थ संरक्षण तथा विकास संस्थाले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत आज दिनको १ बजे सिद्धीकाली युथ क्लब र किसिपिडी युथ क्लबबीच खेल हुने तालिका थियो साथै दिनको दोश्रो तथा अन्तिम खेलमा दिउँसो ३ बजे फार भीजन यूथ क्लब र द हिलिङ युथ क्लबबीच प्रतिस्पर्धा हुने तालिका रहेको थियो ।

स्थगित खेलको तालिका पछि तय हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *