चन्द्रागिरि नगरपालिका-२ मसिनेमा पहिरोले घर भत्कँदा दम्पतीको मृत्यु, २ जना घाइते

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ मसिनेमा पहिरोले घर भत्कँदा बेपत्ता भएका दम्पती मृत भेटिएका छन्।

मसिने देउराली नजिकै सो घटना भएको हो ।

पहिरोमा परि २ जना घाइते भएका छन् । उनीहरूको उद्धार गरी सतुङ्गलस्थित सशस्त्र प्रहरी अस्पताल लगिएको छ ।

पहिरोले सडक भत्कँदा उद्धारमा कठीनाइ उत्पन्न भएको उद्धारमा खटिएका किरण पोखरेलले जानकारी दिए ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयहरू खटिएका छन् ।

मृत्यु हुनेमा ३९ वर्षीय गर्वे तामाङ र उनकी श्रीमती ३६ वर्षीय सबिना तामाङ रहेकी छन्

घाइते हुनेहरूमा ठुलीमाया तामाङ र विनिसा तामाङ रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *