सोवित भोलि विदेश उड्दै थिए, बिदा गर्न आएको परिवारसहित सिस्ने खोलाको पहिरोमा परे
थानकोट ।
नवलपरासीका ३४ वर्षीय सोवित ताम्राकार भोलि आइतबार विदेश जाने तयारी छन् । जसका लागि शुक्रबार दिउँसो ३ः३० बजे नारायणगढमा उनी, श्रीमती, छोरी र छोरासहित काठमाडाैं जाने हाइस चढे, काठमाडाैं आएर होटलमा २ रात बस्ने उनको तयारी थियो ।
शुक्रबार दिनभरको झरीका कारण ठाउँ ठाउँमा पहिरो खस्दा उनी सवार हायस राति ९ बजे जाममा पर्यो ।
उनी सवार लगायत सयाैं सवारी साधन ठाउँ ठाउँमा खसेको पहिरो छिचोल्दै बिहान नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गको पूर्वी क्षेत्र आइपुग्यो ।
हायसमै रात कटाएका उनीहरू सवार हायस तथा थप दुइ वटा यात्रु बस बिहान ३ः३० बजे लेदोसहित झरेको पहिरोमा पर्यो, सोवितकी छोरी एन्जेल घाइते भइन उनमा बाहिरी चोट देखिएको छैन्, श्रीमती सीता पनि सामान्य घाइते भइन, सोवित आफैं घाइते भए ।
गाडी गुड्ने सुरसार नदेखिएपछि सोवित हिँडेरै नागढुङ्गा आइपुग्ने सुरले पैदल हिँडे स-परिवार ।
झमझम पानी परिरहेकोले सोवितले उद्धारका लागि स्थानीय प्रहरीसँग सहायता मागे । नागढुङ्गानजिकै पातलेवन क्षेत्रमा पहिरोले सडक अवरुद्ध हुँदा उनको समयमै उद्धार हुन सकेन्, प्रहरीले जेनतेन एकतर्फी सडक सुचारु गरेपछि चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गी लगायतको टोलीले सोवितको परिवार उद्धार गरी प्राथमिक अस्पताल थानकोट ल्याएको छ। एन्जेलको ढाडमा केही समस्या देखिएको बताइएको छ ।
भोलिको हवाइ जहाजको टिकट छ । छोरी घाइते अवस्थामा छिन् उनलाई यस्तै अवस्थामा छोडेर उड्ने कि टिकट नै रद्द गर्ने म दोधारमा छु सोवितले थानकोट टाइम्ससँग भने ।
निरन्तरको वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्दा नागढुङ्गा-नाैबिसे सडक अहिले मध्यान्ह १२ बजेसम्म ठप्प छ ।
सडक अवरुद्ध हुँदा सवारी साधनको दोहोरो लाम लागेको छ ।

















