नागढुङ्गादेखी सिस्नेखोलासम्म ठाउँठाउँमा पहिरो, सडक तत्काल खुल्ने सम्भावना छैन्- प्रहरी
थानकोट ।
ठाउँ ठाउँमा पहिरो गएपछि गएरातिबाटै अवरुद्ध नागढुङ्गा-नाैबिसे सडक सुचारु हुन सकेको छैन् ।
बाँडभञ्ज्याङ क्षेत्रमा पहिरो खसेको छ भने पातलेवन क्षेत्रनजिकै पहिरो खस्ने क्रम जारी रहेकोले सडक अवरुद्ध भएको हो।
नाग मन्दिरदेखी सुरुङ मार्ग क्षेत्रसम्म नै ठाउँठाउँमा पहिरो गएकोले यातायात सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको लाम लागेको छ ।
प्रहरीले थानकोट चेकपोष्टबाट सवारी साधन नागढुङ्गातर्फ लैजान रोक लगाएको छ ।
तस्बिरः गाेपाल भण्डारी


















