काठमाडौंसहितका स्थानमा आज राति वर्षा हुने सम्भावना

Thankot Times

थानकोट ।

काठमाडौंसहितका केही स्थानमा शनिबार अपराह्नपछि पानी पर्न कम भएपनि राति फेरि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति (शनिबार बेलुका ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म) वर्षाको सम्भावना भएपनि हिजो आजको जस्तो नहुने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

राति काठमाडौंसहित कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

आइतबार (भोलि) पनि बिहान, दिउँसोसम्म वर्षाको सम्भावना छ ।

बाह्रखरीबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *