सिस्नेखोलास्थित सुरुङ मार्गनजिकै पहिरो मुनि भेटियो विङ्गर गाडी, केही शव फेला परे

Thankot Times

थानकोट ।

नागढुंगा-नाैबिसे सडक खण्डअन्तर्गत सुरुङमार्ग नजिकै झ्याप्ले खोलामा पहिरोमा पुरिएको अवस्थामा लु १ ज ४५७८ नम्बरको विङ्गर फेला परेको छ ।

शुक्रबार राति लेदोसहितको पहिरोमा पुरिएको विङ्गर बुटवलबाट काठमाडौँ आउँदै गरेको बताइएको छ ।

अहिले लेदोसहितको पहिरो हटाउने कार्य जारी रहेको अहिलेसम्म २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

विङ्गरमा कति यात्रु थिए भन्ने स्पष्ट हुन सकेको छैन् । सो स्थलमा अन्य यात्रुबस पनि पुरिएको अवस्थामा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *