झ्याप्ले खोला पहिरोः तीन वटा गाडीमा १४ वटा शव भेटियो

Thankot Times

थानकोट ।

नागढुंगा-नौबिसे सडक खण्डस्थित झ्याप्ले खोला क्षेत्रमा पहिरोले पुरिएका सवारी साधनबाट अहिलेसम्म १४ शव निकालिएको छ ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यी शवहरू पहिरोमा परेका तीनवटा बसबाट निकालिएको हो।

ती बसबाट आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको उनले जानकारी दिए।

लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।

त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको हो ।

ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।

पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *