बाढीपहिरोबाट चन्द्रागिरि नगरमा दुईसहित देशभर ९९ जनाको मृत्यु

Thankot Times

थानकोट ।

घनघोर वर्षापछिको बाढी, पहिरो र डुबान लगायतका विपद् मा परि नेपालमा हालसम्म ९९ जनाको मृत्यु भएको छ ।

७२ जना बेपत्ता भएका छन भने १ सय जना घाइते भएका छन् ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका-२ मसिनेमा पहिरोले घर भत्कँदा दम्पतीको मृत्यु, २ जना घाइते

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टोरबाट उद्धार गरिएको छ ।

उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुईजना रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *