नागढुङ्गानजिकै पातलेवनमा पहिरो खस्यो, झ्याप्ले खोलामा पहिरो पन्छाउने क्रम जारी

Thankot Times

थानकोट।

निरन्तरको वर्षापछि खसेको लेदो सहितको पहिरोले नागढुङ्गा-नाैबिसे सडक खण्डको झ्याप्ले खोला क्षेत्रमा सडक अवरुद्ध छ ।

अहिले सडकको पहिरो पन्छाउने क्रम जारी रहेको बताइएको छ ।

यता नागढुङ्गानजिकै नागमन्दिर क्षेत्रमा बिहान ६ बजे पहिरो खसेपछि सडक बन्द भएको छ ।

प्रहरी प्रभाग नागढुङ्गाले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार पातलेवन नागमन्दिर नजिकै पहिरो खसेको हो । सो पहिरो पन्छाउने क्रम केही बेरमा सुरु हुनेछ ।

यसबाहेक नागढुङ्गा-सिस्नेखोला खण्डमा कुनै अवरोध छैन् ।

यद्यपी झ्याप्लेखोलाको पहिरोका कारण राजधानी भित्रने सवारी साधन धादिङतर्फ नै रोकिएका छन् भने राजधानीबाट बाहिरने सवारी साधन नागढुङ्गा नाकामा नै रोकिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *