झ्याप्ले खोला पहिरोः पुरिएको अवस्थामा बस फेला पर्यो, पहिरो पन्छाउने क्रम जारी

Thankot Times

थानकोट ।

नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ ।

प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी सूर्य सुवेदीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको  ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौंदी यातायात प्रालिले जनाएको छ । समितिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजे काठमाडौं नजिक खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्कबाहिर रहेको छ ।

उक्त बस नै झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ ।

डीएसपी सुवेदीका अनुसार उक्त बस भएको आशंका गरिए पनि पुष्टि हुन सकेको छैन् । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *