थानकोट-चन्द्रागिरि-चित्लाङ सडक सञ्चालनमा
थानकोट ।
थानकोट-चित्लाङ सडक सञ्चालनमा आएको छ।
लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको सडक आइतबार साँझबाट सञ्चालनमा आएको हो ।
सडक सञ्चालनमा आएसँगै चित्लाङबाट चन्द्रागिरि भञ्ज्याङ हुँदै थानकोट आउने र थानकोटबाट चित्लाङ जाने सवारी साधन गन्तव्यतर्फ अघि बढेका छन् ।
सडक खण्डका विभिन्न क्षेत्रमा झरेको पहिरो आइतबार बिहानैबाट हटाउन सुरु गरिएको थियो ।













