नागढुङ्गा नाकामा काठमाडाैं भित्रने सवारी साधनलाई प्राथमिकता, बाहिरिने सवारीसाधन अझै होल्ड

Thankot Times

थानकोट ।

धुनिवेंशीस्थित झ्याप्ले खोलामा पहिरोले सडक बन्द भएपछि रोकिएका सवारी साधनहरू अहिले नागढुङ्गा नाका हुँदै काठमाडाैं भित्रने क्रम जारी छ ।

आइतबार साँझबाट एकतर्फी सञ्चालन भइरहेको सडकमा पहिरोका कारण लाम लागेका सवारी साधन क्रमश काठमाडाैं भित्रने क्रममा छन् । केही घण्टामा लाममा लागेका सवारी साधन काठमाडाैं भित्रि सक्ने प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ।

नागढुङ्गा नाकामा काठमाडाैं भित्रने सवारी साधनलाई प्राथमिकता दिँदै सञ्चालन गरिएको र बाहिरिने सवारी साधन अझै होल्ड गरिएको प्रभाग प्रमुख प्रहरी निरीक्षक हेम थपलियाले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

झ्याप्ले खोलामा पहिरोका कारण धादिङतर्फ सवारी साधनको निकै लामो लाम लागेको छ । सो लाममा यात्रुबस समेत रहेका कारण उनीहरूलाई प्राथमिकता दिएर काठमाडाैंतर्फ अघि बढाइएको छ । थानकोट हुँदै बाहिरिने सवारी साधन प्राय मालबाहक सवारी साधन रहेकोले काठमाडाैंतर्फ सवारी साधन होल्ड गरिएको हो थपलियाले भन्नुभयो ।

केही घण्टामा धादिङतर्फका सवारी साधन काठमाडाैं आइसक्नेछन् अनि यताका सवारी साधन धादिङ प्रहरीको समन्वयमा सञ्चालन गरिने उहाँको भनाइ छ ।

तस्बिरः विक्रम जंग राना


Leave a Reply

Your email address will not be published. Required fields are marked *