धादिङका प्रमुख जिल्ला अधिकारीको सरुवा

Thankot Times

थानकोट ।

गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई हटाएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा गरिएको हो ।

मन्त्रालयले धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे र काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ ।

असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा व्यापक जनधनको क्षति भएको छ ।

काभ्रेमा सबै भन्दा बढी ६६ जनाले ज्यान गुमाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *