काठमाडाैंबाट बाहिरिन थाले लाममा लागेका सवारी साधन
थानकोट ।
धुनिवेंशीस्थित झ्याप्ले खोलामा पहिरो खस्दा अवरुद्ध बनेको त्रिभुवन राजपथ एकतर्फी सञ्चालनमा आएसँगै राजधानी काठमाडाैंबाट बाहिरिने सवारी साधन सोमबार मध्यान्हबाट बाहिरिने क्रम सुरु भएको छ ।
यसअघि हिजो साँझबाट आज मध्यान्हसम्म राजधानी भित्रने सवारीसाधन मात्रै सञ्चालन गरिएकोमा मध्यान्हबाट काठमाडाैंबाट बाहिरिने सवारी साधन समेत सञ्चालन गरिएको हो ।
सडक पहिरोले बन्द भएपछि चन्द्रागिरि नगरपालिका- २ नागढुङ्गादेखी चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलसम्म सवारी साधनको लाम लागेको थियो । जुन क्रमशः छोटिँदै गएको छ ।












