थानकोट क्षेत्रसहित बाढी पहिरो क्षेत्रमा मोबाइल सेवामा समस्या

Thankot Times

थानकोट ।

थानकोट क्षेत्र लगायत विभिन्न स्थानमा अझै मोबाइल सेवामा समस्या देखिएको छ ।

बाढी पहिरोले बढी क्षति पुर्याएका स्थानहरूमा अझैपनि नेपाल टेलिकम र एनसेलको नेटवर्कमा समस्या छ ।

थानकोट क्षेत्रमै नेपाल टेलिकमको नेटवर्क राम्रो छैन् भने एनसेलको समेत सोही अवस्था छ ।

जसका कारण फोनमा कुरा गर्दा गर्दै काटिने समस्या छ भने बोलेको प्रष्ट नबुझिनुका साथै डाटा समेत राम्रोसँग चल्न सकेको छैन् ।

सेवा प्रदायकहरूले भने बाढी, पहिरो तथा डुबानका कारण विद्युत अवरुद्ध भएको हुँदा बीटीएस टावरहरू बन्द हुँदा नेटवर्कमा समस्या देखिएको बताएका छन् ।

यद्यपी समस्या पहिचान तथा समाधानका लागि तदारुकताका साथ काम भइरहेको सेवा प्रदायक कम्पनीको दाबी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *