थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा सवारी साधनको ताँती

Thankot Times

थानकोट ।

अविरल वर्षापछिको बाढी, पहिरो तथा डुबानका कारण संघीय राजधानी काठमाडाैं र बागमती प्रदेशको राजधानी हेटाैंडा जोड्ने प्रमुख सडकहरू अझै सञ्चालनमा आउन सकेका छैनन् ।

कान्ति लोकपथ, फर्पिङ-कुलेखानी सडक, दक्षिणकाली-सिस्नेरी, मातातिर्थ-फाखेल लगायत सडकहरूमा पहिरो पन्छाउने क्रम जारी रहेको बताइएको छ ।

अन्य सडक मार्गहरू बन्द रहँदा थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा भने सवारी साधनको अहिले चाप ह्वात्तै बढेको छ ।

थानकोट चेकपोष्ट-गोदाम हुँदै सवारी साधन चित्लाङतर्फ उकालो लाग्दा सो क्षेत्रमा सवारी साधनको लामो लाम लागेको छ ।

प्रहरी वृत्त थानकोटले गोदाम चोकमा चित्लाङतर्फ उक्लने सवारी साधनको रेकर्ड लिइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *