सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

Thankot Times

थानकोट ।

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य एक लाख ६० हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदीको मुल्य १० रुपैयाँले बढेर १ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *