मच्छेगाउँ बसपार्कनजिकै बन्द भएको ढल खाेल्ने क्रममा एक जनाकाे मृत्यु
थानकोट ।
वर्षासँगैको बाढीले बगाउँदा बिहीबार कीर्तिपुरमा एकजनाको मृत्यु भएको छ ।
मच्छेगाउँ बसपार्क नजिकका ६२ वर्षीय सहदेव तामाङको मृत्यु भएको कीर्तिपुर प्रहरीले जनाएको छ ।
वर्षासँगै त्यहाँ ढलको पानी बाहिर आउन थालेको थियो ।
त्यसपछि ढल मिलाउन जाँदा बाढीले उनलाई बगाएको थियो ।
बाढीले बगाएर उनलाई ढलभित्र पुर्याएको थियो ।
उद्धार गर्दा उनको मृत्यु भइसकेको थियो ।
कीर्तिपुरकै कीर्ति बिहारनजिकको खोलामा परेर बिहीबार एकजना बेपत्ता छन् । प्रह्लाद महर्जन बेपत्ता भएका कीर्तिपुर प्रहरीले जनाएको छ । उनको खोजी जारी छ ।

















