आज नेपाली बजारमा सुनकाे भाउ के छ ?
थानकोट ।
आज बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ६० हजार ९ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ६० हजार ८ सय रुपैयाँ थियो । गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँसम्म पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ३५ रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।














