राजधानीमा एकै दिन चारजना मृत फेला

Thankot Times

थानकोट ।

काठमाडौं र ललितपुरमा विहीबार एकै दिनमा चार जना मृत फेला परेका छन् ।
प्र्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु बसपार्क नजिक रहेको मन्दिरको पेटीमा हाल वतन नखुलेका प्रेम तामाङ भनी बोलाउने अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका–९ मनोहरा पुलस्थित खोलाको किनारमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ३५ वर्षीय रबिन शाह बुधबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–३ सुन्ताखान तारेभिर घलानटोल बस्ने ६८ वर्षीय सुर्य तामाङ सोही ठाउँस्थित पानीको खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौंको दक्षिणकाली नगरपालिका–८ मखुबेशीस्थित बागमती खोलाको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाहरुको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *