नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनायो
थानकोट ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।
शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । अघिल्लो कारोबार दिनको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ बढेको हो ।
यसअघि असोज ११ गते शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो बिहीबार चाँदी प्रतितोला एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।














