चन्द्रागिरिमा तेस्रो दशैं विशेष चङ्गा चैट प्रतियोगिताको तयारी पूरा, ३४ जनाले प्रतिस्पर्धा गर्ने
थानकोट ।
बडा दशैंका अवसरमा चन्द्रागिरि नगरपालिकामा आयोजना हुने चंगा उडाउने प्रतियोगिताको तयारी पूरा भएको छ।
चन्द्रागिरि एकीकृत समाजको आयोजनामा हुने सो प्रतियोगिता भोलि असोज १९ गते शनिबार चन्द्रागिरि नगरपालिका ०२ बाँडभञ्ज्याङस्थित चण्डीकादेवी मन्दिर क्षेत्रमा सञ्चालन हुने छ ।
तेस्रो पटक हुन लागेको सो चंगा चैट प्रतियोगिताका विजेताले २५ हजार पुरस्कार पाउने बताइएको छ ।
यसैगरी दोश्रो हुनेले १२ हजार तथा तेस्रो हुनेले ७ हजार रूपैयाँ पुरस्कार पाउने आयोजक चन्द्रागिरि एकीकृत समाजले जनाएको छ।
प्रतियोगितामा सहभागीताका लागि ३४ जनाले नाम दर्ता गराएको चन्द्रागिरि एकीकृत समाजले जनाएको छ।
गतवर्ष सम्पन्न दोस्रो चन्द्रागिरि खुल्ला चङ्गा चैट प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँका राजिव आचार्यले जितेका थिए ।
दोस्रो चन्द्रागिरि खुला चङ्गा चैट प्रतियोगितामा राजिव आचार्य पहिलो, उत्तम कार्की दोश्रो

















