वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने कीर्तिपुरका एकसहित दुई जना पक्राउ

Thankot Times

थानकोट ।

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी यूएई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दार्चुला घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका-२ बस्ने २७ वर्षीय हरक सिंह धामी र धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-९ बस्ने ३३ वर्षीय हरि रम्तेल रहेका छन् ।

पक्राउ मध्ये हरक सिंहले १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ र हरिले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरक सिंहलाई काठमाडौं कीर्तिपुर नगरपालिका-२ नयाँबजारबाट र हरिलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *