चन्द्रागिरिमा आज दशैं चङ्गा चैट प्रतियोगिता आयोजना हुँदै, विजेतालाई २५ हजार नगद पुरस्कार
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा आज चङ्गा उडाउने प्रतियोगिताको आयोजना हुँदैछ ।
चन्द्रागिरि एकीकृत समाजको आयोजनामा हुने सो प्रतियोगिता चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङस्थित चण्डीकादेवी डाँडामा हुनेछ ।
तेस्रो पटक हुन लागेको सो चंगा चैट प्रतियोगिताका विजेताले २५ हजार पुरस्कार पाउने बताइएको छ । प्रतियोगिता बिहान १० बजेबाट
यसैगरी दोश्रो हुनेले १२ हजार तथा तेस्रो हुनेले ७ हजार रूपैयाँ पुरस्कार पाउने आयोजक चन्द्रागिरि एकीकृत समाजले जनाएको छ।
प्रतियोगितामा सहभागीताका लागि ३४ जनाले नाम दर्ता गराएको चन्द्रागिरि एकीकृत समाजले जनाएको छ।
गतवर्ष सम्पन्न दोस्रो चन्द्रागिरि खुल्ला चङ्गा चैट प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँका राजिव आचार्यले जितेका थिए ।
दोस्रो चन्द्रागिरि खुला चङ्गा चैट प्रतियोगितामा राजिव आचार्य पहिलो, उत्तम कार्की दोश्रो












