धरान जाँदै गरेको विद्युतीय जीप दुर्घटना
थानकोट ।
शनिबार बिहान बागमती गाउँपालिका-८ सात्तले चोकमा यात्रुबाहक जीप दुर्घटना भएको छ ।
काठमाण्डौबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज ४३२८ नम्बरको विद्युतीइ गाडी दुर्घटना हुँदा सो गाडीमा सवार १२ जना घाइते भएका छन् ।
गाडी अनिन्त्रित भई दुर्घटना भएको स्थानीयले बताए ।
दुर्घटनामा एक जना यात्रु महिला गम्भीर घाइते भएकोले उपचारको लागि हेटौंडा पठाइएको छ ।
तस्बिरः आशबहादुर भ्लोन

















